spot_img

प्याब्सन बीरगन्जद्वारा ३२ विद्यार्थीलाई छात्रवृत्ति

spot_img
spot_img

बीरगन्ज,१६ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), बीरगन्ज महानगर समितिले यहाँका प्लस टु तहमा अध्ययनरत ३२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

बीरगन्ज आयोजित एक समारोहमा नगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले प्याब्सनको यो पहल प्रशंसनीय रहेको बताए। यस्ता कार्यक्रमहरूले अभिभावकको आर्थिक भार कम गर्नुका साथै मेधावी विद्यार्थीहरूलाई हौसला दिने उनको भनाइ थियो। उनले बीरगन्जमै गुणस्तरीय शिक्षाको व्यवस्था गरी विद्यार्थीहरूलाई राजधानी वा अन्यत्र जानुपर्ने बाध्यतालाई अन्त्य गर्न सकिनेमा जोड दिए।

प्याब्सन बीरगन्ज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रवृत्ति परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष पुरस्कार पनि प्रदान गरियो। जसअनुसार आयुष सर्राफलाई ल्यापटप, सागर साहलाई आई ट्याब र सञ्जोग महतो, निराजन प्रसाद तथा रोशन गुप्तालाई कलेज पोशाक प्रदान गरिएको थियो।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले वीरगन्जमै स्तरीय शिक्षाको वातावरण बन्दै गएको र यस्ता छात्रवृत्तिले विद्यार्थीको मनोबल बढाउनुका साथै बीरगन्जमै पढ्न सकिने सन्देश फैलाउने बताए।

कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष सरोज चौधरी, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय