spot_img

संस्कारसहितको शिक्षा बाल्यकालदेखि अनिवार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल

spot_img
spot_img

काँक्रेविहार,१७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताको संरक्षणका लागि बाल्यकालदेखि संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन् ।

शसनबार सुर्खेतस्थित सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बालविकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएकाले यसमा सचेत हुन आग्रह गरे ।

हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न सानैदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उनले उल्लेख गरे । बालविकास कक्षामा सहभागी बालबालिकाले भजन र श्लोक वाचनलगायत प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय