spot_img

संघीय लोकतान्त्रिक मोर्चाद्वारा जनजागरण अभियान सुरु

spot_img
spot_img

काठमाडौं,१८ साउन । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि देशव्यापी जनजागरण अभियानको सुरुवात गरेको छ। काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रमबाट अभियानको औपचारिक सुरुवात गरिएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाए अनुसार, अभियानको उद्देश्य हालको राजनीतिक परिस्थितिका बारेमा आम नागरिकलाई जानकारी गराउँदै संघीयता र लोकतान्त्रिक मूल्यप्रति जनमत निर्माण गर्नु हो।

आठ प्रमुख सहरमा जनजागरण मोर्चामा आबद्ध मधेशकेन्द्रित सात राजनीतिक दलले काठमाडौंपछि भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण कार्यक्रम आयोजना गर्ने भएका छन्। यी सबै स्थानमा मोर्चाका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक मोर्चाको आवश्यकता, उद्देश्य र औचित्यबारे प्रष्ट पार्ने कार्यक्रम रहेको बस्नेतले जानकारी दिए।

पूर्ण तयारी र सहभागीहरूको टुङ्गो कार्यक्रमलाई व्यवस्थित, सशक्त र जनउत्तरदायी बनाउने लक्ष्यसहित मोर्चासम्बद्ध दलहरू आवश्यक तयारीमा जुटेका छन्। जसपा नेपालले आठवटै सहरका कार्यक्रमहरूमा सहभागी हुने नेताहरूको टुङ्गो लगाइसकेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय