spot_img

प्रधानमन्त्री ओली तेस्रो एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाँदै

spot_img
spot_img

वीरगन्ज,१८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आज मध्यरातमा तुर्कमेनिस्तान प्रस्थान गर्दैछन्। नेपाल एलएलडिसी समूहको अध्यक्ष रहेको छ। सोही हैसियतमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। यो सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ।

प्रधानमन्त्री ओली आज राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जानेछन्। उनको साथमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल रहनेछ। सम्मेलनका क्रममा उनले एक उच्चस्तरीय गोलमेच बैठकको सह–अध्यक्षता पनि गर्नेछन्। यस अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र अन्य उच्चपदस्थ अधिकारीहरू समावेश छन्। प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय