Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

दक्षिण कोरियामा रोजगारीको अवसरः ईपीएस कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

spot_img

काठमाडाैं,१९ साउन । दक्षिण कोरियामा रोजगारीको सपना देखिरहेका नेपाली युवाहरूका लागि सुनौलो अवसर खुलेको छ। रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ।

यो वर्ष कोरियाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा गरी कुल ५,३०० जनाको कोटा तय गरेको छ। तीमध्ये ३,५०० जनालाई उत्पादनमूलक क्षेत्रमा र १,८०० जनालाई कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि छनोट गरिनेछ। एक व्यक्तिले मात्र एउटा क्षेत्रमा आवेदन दिन पाउनेछन्।

ईपीएस शाखाका अनुसार आवेदन दिन चाहने उम्मेदवारले कम्तीमा १८ वर्ष उमेर पुरा गरेका र ३९ वर्ष ननाघेका हुनुपर्नेछ। साथै, फौजदारी मुद्दामा सजाय नपाएको, कोरियाबाट गैरकानुनी रूपमा फर्किएको नभएको र नेपाल सरकारद्वारा विदेश जानमा रोक नलगाइएको नागरिक हुनुपर्नेछ।

आवेदन प्रक्रिया साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ। पहिलो चरणको भाषा परीक्षा पास गरेपछि मात्र उम्मेदवारले दोस्रो चरणको सीप परीक्षण (Skill Test) र दक्षता परीक्षण (Competency Test) मा सहभागी हुन पाउनेछन्।

परीक्षा राजधानी काठमाडौंमा सञ्चालन हुनेछ। भाषा र सीप दुवै परीक्षा पास गरेपछि मात्रै उम्मेदवारलाई रोजगारीका लागि कोरियामा पठाउने प्रक्रिया अघि बढ्नेछ।

दक्षिण कोरियामा आकर्षक तलब र सुरक्षित वातावरणका कारण नेपाली युवाहरूको रोजगारी गन्तव्यको रूपमा ईपीएस प्रणाली लोकप्रिय बन्दै गएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय