spot_img

पर्सा–बारा सडकमा सवारी करको नाममा ट्रक चालकसँग जबरजस्ती असुली

spot_img
spot_img

बारा,१९ साउन । पर्साको बीरगन्ज महानगरपालिका–३२ चोर्नी र बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका सडकहरूमा सवारी करको नाममा ट्रक चालकहरूबाट जबरजस्ती रकम असुली हुने गरेको गम्भीर आरोप उठेको छ।

नितनपुरभन्दा अगाडि, दालमिस नजिकैको क्षेत्रलाई केन्द्र बनाएर सवारी कर संकलनको नाममा ठेकेदारहरूले ट्रक रोक्ने, चालकलाई धम्क्याउने र तोकिएको भन्दा बढी रकम असुल्ने कार्य भइरहेको ट्रक चालकहरूको गुनासो छ।

चालकहरूका अनुसार, कर उठाउने ठेक्का लिएका व्यक्तिहरूले सडक किनारमा कर्मचारी खटाई जबरजस्ती ट्रक रोक्छन् र नदिए गालीगलौज, धम्की र कहिलेकाहीँ फिजिकल झगडासमेत गर्ने गर्छन्। यस्तो असुली अन्य क्षेत्रमा नभई विशेष गरी यस क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

‘कर तिर्ने कुरा अलग हो, तर तोकिएको भन्दा बढी जबरजस्ती उठाउने र अपशब्द बोल्ने कुरा सह्य छैन,’ एक चालकले भने।

स्थानीय प्रशासन र प्रहरीमा पटक–पटक उजुरी दिँदा पनि सुनुवाइ नभएको ट्रक चालकहरूको आरोप छ। ‘पुलिसलाई फोन गर्दा उठ्दैन, प्रशासन चुप लाग्छ,’ एकजना आक्रोशित चालकले गुनासो गरे।

यस्ता घटनाले ट्रक चालकहरूमा त्रास फैलिएको छ भने ढुवानी सेवामा समेत बाधा पुगेको छ। स्थानीय बासिन्दा र ट्रक चालकहरूले सवारी कर संकलनको नाममा भइरहेको यो ब्रह्मलुट रोक्न, दोषीहरूलाई कारबाही गर्न र स्थायी समाधान ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय