काठमाडौं,२० साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको तालिका सार्वजनिक गरेको छ। वार्षिक परीक्षा–२०८२ मा दुई विषयसम्म ‘नन ग्रेडेड’ (NG) प्राप्त गरेका वा ती विषयमा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले भदौ महिनामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा जारी सूचनामा पूरक परीक्षा २०७९ भदौ २८ र २९ गते सञ्चालन हुने उल्लेख गरिएको छ। परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ।
बोर्डले पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूलाई समयमै आवेदन दिन अनुरोध गरेको छ। परीक्षा केन्द्र र थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ ।





