spot_img

मुलुक जोगाउन राष्ट्रवादी शक्ति अपरिहार्य : कमल थापा

spot_img
spot_img

काठमाडौँ,२० साउन ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा बढ्दो कुशासन, भ्रष्टाचार, बेरोजगारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न तथा राष्ट्रियता, अखण्डता र प्रजातन्त्रको संरक्षणका लागि बलियो राष्ट्रवादी शक्तिको निर्माण आवश्यक रहेको बताएका छन्।

मंगलबार काठमाडौं–१ मा आयोजित पार्टीको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देश अहिले गम्भीर राजनीतिक र सामाजिक संकटतर्फ उन्मुख रहेको भन्दै वर्तमान व्यवस्थामाथि कडा आलोचना गरे। २०६२/६३ को आन्दोलनको मूल्यांकनमा पुनर्विचार आवश्यक थापाले २०६२/६३ को आन्दोलनबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको मार्गचित्रलाई त्रुटिपूर्ण र पूर्णतः असफल भन्दै त्यसले देशको हित गर्न नसकेको टिप्पणी गरे।

उनका अनुसार “जनता वैकल्पिक शक्तिको खोजीमा छन्, गणतन्त्र र धर्मनिरपेक्षताले देशलाई दिशा दिन सकेन।” “एक पटक फेरि जनतालाई उठ्नुपर्ने बेला आएको छ” थापाले भ्रष्टाचार, कुशासन, बेरोजगारी, महँगी र धर्म परिवर्तनको बढ्दो प्रवृत्तिविरुद्ध जनताको जागरण आवश्यक रहेको बताए।

“अब आन्दोलनको वातावरण बनाउनुपर्छ,” उनले भने, “जनता फेरि एक पटक जुरुक्क उठ्नुपर्ने बेला आएको छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय