spot_img

बबई नदीको बीचमा फसेका दुई वृद्धको सफलतापूर्वक उद्धार

spot_img
spot_img

बर्दिया,२१ साउन । बर्दियाको गुलरिया नगरपालिका–५, बालापुरस्थित बबई नदीको बीच भागमा फसेका दुई जना वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिनेमा ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवीप्रसाद थारु रहेका छन्। उनीहरू गाईवस्तु चराउन नदी किनारमा गएका बेला पानीको बहाव एक्कासी बढेपछि बबईको बीच भागमै फसेका थिए।

स्थानीयवासीबाट सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण, बर्दिया अन्तर्गतको विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको नेतृत्वमा पुगेको टोलीले मोटरबोटको प्रयोग गरी दुबै जनालाई सकुशल उद्धार गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बबई नदीमा हिजो जलसतह खतराको तह पार गरेको थियो, जसका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ।

प्रहरीले भारी वर्षाका कारण नदी, खोला र बगर क्षेत्रमा नजान र सतर्क रहन स्थानियवासीलाई आग्रह गरेको छ। जलस्रोतमा एक्कासी बहाव बढ्ने सम्भावना हुने भएकाले आवश्यक सुरक्षा सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय