spot_img

नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

spot_img
spot_img

सिराहा,२१ साउन । सिराहाको नरहा गाउँपालिका–३, चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीले नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ का ओमशंकर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेका छन्। उनीहरू मंगलबार अपराह्न एउटै मोटरसाइकलमा सवार रहेका बेला पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले चेकजाँचको क्रममा उनीहरूलाई रोकेर तलासी गर्दा मोटरसाइकलमा लुकाएर राखिएको नलकटुवा पेस्तोल फेला पारेको हो।

पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए। उनका अनुसार उनीहरूलाई बुधबार सिरहा जिल्ला अदालतमा उपस्थित गराई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय