spot_img

मधेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

spot_img
spot_img

काठमाडौं,२३ साउन  । हाल मनसुनको न्यूनचापीय रेखा सामान्यभन्दा उत्तरतिर सरेर तराई क्षेत्रमा सक्रिय रहेकाले नेपालका अधिकांश भागमा मनसुनको प्रभाव कायम छ। यद्यपि, जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा कतैकतै मध्यम वर्षा भइरहेको छ।

देशभर सामान्य बदली रहनेछ। विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा धेरै स्थानमा वर्षाको सम्भावना छ। यस्तै, मधेश प्रदेश र अन्य पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनीको तराई र कोशी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा कतैकतै भारी वर्षा हुने सम्भावना पनि छ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भागहरूमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय