spot_img

कैलाली जिल्ला कारागारमा झडप, एक कैदीको मृत्यु, ४७ घाइते

spot_img
spot_img

कैलाली,२४ साउन । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा एक जनाको ज्यान गएको छ । झडपमा ४७ जना घाइते भएका छन् । घटनामा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालले मृत घोषणा गरेको हो । त्यस्तै घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

कैदीबन्दीबीच दुई समूहमा मनमुटाब हुँदा गएराति झडप भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कैलाली कारागारमा यसअघि पनि झडपको घटना हुने गरेको थियो । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय