spot_img

पहिचान र अधिकारको माग गर्दै विश्व आदिवासी जनजाति दिवसमा बृहत र्‍याली

spot_img
spot_img

काठमाडौं,२४ साउन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३१ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा बृहत र्‍याली आयोजना गरेको छ।

र्‍याली भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृहमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा सयौं आदिवासी जनजातिका सदस्यहरूले सहभागी भएर आफ्नो पहिचान र अधिकारको माग राखेका थिए।

संयुक्त राष्ट्र संघले सन् १९९३ मा घोषणा गरेको विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्त ९ गते विश्वव्यापी रूपमा मनाइन्छ। यस दिवसले आदिवासी समुदायका हक अधिकार र पहिचानप्रति जनचेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्दछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय