spot_img

वीरगन्ज बाट ४५ वर्षीया महिला तीन दिनदेखि बेपत्ता

spot_img
spot_img

वीरगन्ज,२६ साउन । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–७, रेशमकोठी टोलकी ४५ वर्षीया ममता शर्मा गत आइतबारदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार, २५ साउन दिउँसो करिब २ बजे घरबाट निस्किएपछि उनी सम्पर्कविहीन भएकी हुन्। उनका पति उमाशंकर शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै विभिन्न नम्बरबाट फोन सम्पर्क गर्ने प्रयास गरे पनि पछिल्ला तीन दिनदेखि ममतासँग सम्पर्क हुन नसकेको बताएका छन्।

घटना हुनु एक दिनअघि घरमा सामान्य विवाद भएको थियो। त्यसपश्चात ममताले आफ्नो ह्वाट्सएप प्रोफाइलमा ‘मैया मै आरही हुँ’ लेखेकी थिइन् र त्यसयता सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु भएको जनाएको छ। “निवेदन प्राप्त भएको छ, खोजतलास भइरहेको छ,” प्रहरी स्रोतले प्रतिक्रिया दिएको छ।
परिवारले ममता शर्माबारे कुनै जानकारी पाउने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा परिवारसँग तत्काल सम्पर्क गर्न आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय