spot_img

सप्तकोसीमा पानीको बहाव बढ्दा १९ ढोका खुला

spot_img
spot_img

सुनसरी,२७ साउन । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। सोमबार राति मापन गरिएको विवरणअनुसार कोसी ब्यारेज हुँदै प्रति सेकेन्ड १ लाख ७४ हजार ४९४ क्युसेक पानी बगिरहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

बहाव बढ्दो क्रममा रहेकाले ५२ मूल र ४ नहरसहित ५६ ढोकामध्ये १९ वटा ढोका खोलिएको छ। साथै खतराको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती समेत बालिएको छ।

अधिकारीहरूले पानीको स्तर अझै बढ्न सक्ने अनुमान गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय