spot_img

एकीकृत समाजवादीले नेता–कार्यकर्तालाई जथाभावी अभिव्यक्ति नदिन निर्देशन

spot_img
spot_img

काठमाडौं,२७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धति विपरित अनावश्यक टिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई कडा निर्देशन दिएको छ। पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति दिन र सामाजिक सञ्जालमा कुनै प्रकारको पोष्ट गर्ने कार्य नगर्न पार्टीले आज यस्तो निर्देशन जारी गरेको छ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीको प्रतिष्ठा र एकतालाई क्षति पुर्‍याउने अभिव्यक्तिबाट बच्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन्। उनले भने, “पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सम्बद्ध कमिटीको बैठकमा मात्र राख्न म सबैमा अनुरोध गर्दछु।”

पार्टीले आन्तरिक एकता कायम राख्न र सार्वजनिक रूपमा कुनै विवादास्पद अभिव्यक्ति नदिन विशेष ध्यान दिनुपर्ने बताएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय