पोखरा,०९ भदाै । पोखराको आर्बा क्षेत्रमा सोमबार एक नगर बस दुर्घटनामा परी २३ जना घाइते भएका छन्। ग १ ख ४०२७ नम्बरको बस आर्बाबाट पोखरा आउँदै गर्दा दुर्घटना भएको हो।
वडाध्यक्ष किरण बरालका अनुसार दुर्घटना हुने बित्तिकै स्थानीयको सहयोगमा सबै यात्रुको उद्धार गरिएको थियो। घाइतेमध्ये ४ जनालाई उपचारपछि डिस्चार्ज गरिसकिएको छ भने बाँकीको अवस्था सामान्य रहेको उनले जानकारी दिए।
बरालले आफ्नो गाडी र दुई वटा एम्बुलेन्स प्रयोग गरी उद्धार कार्य गरिएको बताए । यस घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



