spot_img

मधेश प्रदेशमा शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

spot_img
spot_img

बीरगन्ज,०९ भदाै  । शिक्षा विधेयकविरुद्ध मधेश प्रदेशका निजी विद्यालय सञ्चालकहरूले आज प्रदेश सभा भवनअगाडि ठूलो प्रदर्शन गरेका छन्। प्याब्सन, एन–प्याब्सन र हिसानलगायत संस्थाहरूको संयुक्त आयोजनामा भएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका सञ्चालकहरू सहभागी थिए।

निजी विद्यालय सञ्चालकहरूले हालको विधेयकले निजी शैक्षिक संस्थाहरूको अस्तित्वमाथि जोखिम सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले विधेयकका केही प्रावधानले विद्यालय बन्द हुन सक्ने खतरा बढाएको भन्दै तत्काल परिमार्जन गरी विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको अधिकार र शैक्षिक गुणस्तर सुनिश्चित गर्न माग गरेका छन्।

प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहको नेतृत्वमा भएको प्रदर्शनमा पर्सा जिल्लाबाट ठूलो संख्यामा सञ्चालकहरू सहभागी भएका थिए। प्याब्सनका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव र हिसानका अध्यक्ष मुकेश गुप्ता लगायत पदाधिकारीहरूले पनि प्रतिनिधित्व गरेका थिए।

यसअघि पनि निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग पूरा गराउन जिल्ला प्रशासन, प्रदेश सरकार र संघीय राजधानीमा विरोध प्रदर्शन गर्दै आएका थिए। उनीहरूले विधेयक संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय