spot_img

नेपाल खानेपानी संस्थानको पानीबाट हैजा फैलियो

spot_img
spot_img

बीरगन्ज,०९ भदाै ।  पर्साको बीरगन्जमा  फैलिएको हैजा संक्रमणको मुख्य कारण नेपाल खानेपानी संस्थानले उपलब्ध गराएको दूषित पानी रहेको पुष्टि भएको छ। संक्रमितमध्ये अधिकांश बिरामीले धाराको पानी प्रयोग गरेका थिए, र केही क्षेत्रमा खानेपानीको पाइप फुटेर ढल मिसिएको पाइएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले अनुगमन गर्दा पाइपलाइनमा ढल मिसावट भएको पत्ता लागेको हो। दूषित पानीका कारण हैजा फैलिएको पुष्टि भएपछि खानेपानीमन्त्री प्रदीप यादवको टोलीले पियुष लगायतका सामग्रीसहित प्रभावित क्षेत्रमा मोबाइल टोली परिचालन गरी पानी परीक्षण र शुद्धीकरणमा लगाइएको छ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म ७९ जना हैजाका संक्रमित फेला परेका छन्। नारायणी अस्पतालमा २६, तराई अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा ९, भवानी अस्पतालमा ३ र अन्य अस्पतालमा १६ जना बिरामी उपचाररत छन्। नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताएअनुसार, झाडापखालाका बिरामीको संख्या हैजाका बिरामीभन्दा दोब्बर रहेको र अस्पतालमा बेड अभावले भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ।

संकट व्यवस्थापनका लागि नियिमत्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ। बैठकले अत्यावश्यक बाहेकका स्वास्थ्यकर्मीहरूको बिदा रोक्ने, आवश्यकता अनुसार उनीहरूलाई तोकिएको स्वास्थ्य संस्थामा खटाउने, माइकिङ, घरदैलो र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन प्रसाद सिंह पनि बैठकमा सहभागी थिए।

महामारीको स्रोत पत्ता लगाउन संघीय र प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने र प्रभावित क्षेत्रको निगरानी तथा रोकथाममा विशेष ध्यान दिने जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय