Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

हैजा नियन्त्रणमा कुनै कमी हुन दिइँदैन : स्वास्थ्य मन्त्री पौडेल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ भदाै । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइने बताएका छन्।

सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै उनले सरकारले तीनै तहसँगै मिलेर काम गरिरहेको बताए। उनले निजी अस्पताललाई निःशुल्क परीक्षण किट उपलब्ध गराउने निर्णय भइसकेको जानकारी दिंदै उपचारमा कुनै बाधा नआउने प्रतिबद्धता व्यक्त गरे।

“प्रकोपका बेला सरकार मात्र होइन, निजी अस्पताल, व्यवसायी, नागरिक समाज र स्वयंसेवक सबैको सामूहिक सहयोग जरुरी हुन्छ,” मन्त्री पौडेलले भने। उनले निजी अस्पताललाई न्यूनतम शुल्कमा उपचार गर्न र मानवीयताको भाव देखाउन आग्रह गरे।

उनका अनुसार हैजा फैलनुको कारण पत्ता लगाउन टेक्निकल टिम खटिसकेको छ र छिट्टै निष्कर्षमा पुगिने छ। “७२ घण्टाभित्र कारण पहिचान गर्ने प्रक्रिया अन्तिम चरणमा छ,” उनले स्पष्ट पारे।

यस बीच, संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा घरदैलो स्वास्थ्य सचेतना अभियान, किट वितरण र पानी शुद्धीकरणको काम भइरहेको छ। ठूलो प्रकोपमा नबदलियोस् भन्ने उद्देश्यले सक्रिय प्रयास भइरहेको मन्त्री पौडेलले बताए।

मन्त्रीले सबै अस्पताल, चिकित्सक र स्वयंसेवीलाई महामारी नियन्त्रणमा सहयोग गर्न अपिल गर्दै भने, “यो हाम्रो सामूहिक जिम्मेवारी हो, मिलेर मात्रै हैजा नियन्त्रण सम्भव छ।”

ताजा समाचार

थप समाचार