spot_img

बीरगन्जमा हैजासम्बन्धी सचेतना अभियानमा सुरक्षा निकाय सक्रिय

spot_img
spot_img

बीरगन्ज,०९ भदाै  । पर्सामा हैजाको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समुदायस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालनमा सक्रिय भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको पहलमा हैजाको रोकथामका लागि दैनिक छलफल र समन्वय जारी छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रले सामुदायिक साझेदारीमार्फत सचेतना बढाउने कार्यक्रम चलाइरहेको बताए। उनका अनुसार बिरामीलाई उद्धार गरी अस्पताल पुर्‍याउने काममा समेत प्रहरी खटिएको छ।

सशस्त्र प्रहरी नम्बर १३ गणका गणपति एसपी पुरनचन्द्र भट्टले जिल्लाभरका २४ युनिटले प्रत्येक दिन ७२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले सुरक्षाकर्मीमा अहिलेसम्म संक्रमण नदेखिएको र सतर्कता स्वरूप पानी उमालेर वा पियुस राखेर मात्र खाने, सागपात अस्थायी रूपमा नखानेजस्ता उपाय अपनाइएको बताए।

नेपाली सेनाका श्रीजङ्ग गणका गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले पनि बाहिरबाट आउने खाद्य सामग्रीमा विशेष सतर्कता अपनाइएको र सेनामा हैजाको संक्रमण अहिलेसम्म नदेखिएको जानकारी दिए।

यसैबीच वीरगञ्ज महानगर र स्वास्थ्य कार्यालय पर्साले पनि स्थानीय स्तरमा जनचेतना कार्यक्रम तीव्र पारेका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय