spot_img

तीन वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने : मन्त्री अधिकारी

spot_img
spot_img

जनकपुर,०९ भदाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी तीन वर्षभित्र भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारको योजना रहेको बताएका छन्।

धनुषाको विदेह नगरपालिका–९, इटहर्वामा सोमबार आयोजित गाउँब्लक जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्यक्रममा उनले भूमि समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे। “जनताको समस्या समाधान गर्नु तीनै तहको सरकारको दायित्व हो,” मन्त्री अधिकारीले भने।

उनले भूमि आयोगको कार्यमा स्थानीय तह र प्रदेश सरकारको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै जनतालाई दुःख दिने कर्मचारीविरुद्ध कारबाही गर्ने चेतावनी पनि दिए।

कार्यक्रममा करिब ३०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिएको थियो। मन्त्री अधिकारीले ७७ वर्षीय देवनन्दन मण्डललाई लालपुर्जा हस्तान्तरण गर्दै वितरण कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सांसद, मेयर–उपमेयरसहित विभिन्न दलका स्थानीय नेताहरूको उपस्थिति थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय