spot_img

आज हरितालिका तीज: शिव–पार्वतीको पूजा गरी व्रत बसिँदै

spot_img
spot_img

बीरगन्ज,१० भदौ । आज देशभर भाद्र शुक्ल तृतीयाको अवसरमा हरितालिका तीज पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। विशेष गरी महिलाहरूले देवादिदेव महादेव र पार्वतीको पूजा गरी निराहार व्रत बस्ने परम्परा अनुसार आजको दिनलाई पवित्र मानिन्छ। यस पर्वमा व्रत बसेर शिव–पार्वतीको पूजा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

पौराणिक कथन अनुसार, सत्ययुगमा पार्वतीले भगवान् महादेवलाई पति पाउने संकल्पसहित कठोर तपस्या गरेकी थिइन्। तर पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि, पार्वतीले आफ्ना सखीहरूलाई मनको कुरा सुनाइन्। पार्वतीको पीडा बुझेर ती सखीहरूले उनलाई लुकाएर एकान्त स्थानमा लगे, जहाँ उनले निराहार व्रत गर्दै शिवजीलाई पति रूपमा प्राप्त गरिन्।

त्यही घटनालाई स्मरण गर्दै, पार्वती ‘हरित’ (हरण गरिएकी) र ‘आलिका’ (साथी) शब्दबाट बनेको ‘हरितालिका’ नाममा यो पर्व प्रचलनमा आएको हो। यसै दिन पार्वतीले महादेवलाई स्वामीका रूपमा प्राप्त गरेकी थिइन् भन्ने धार्मिक मान्यता अनुसार, आजको दिन व्रत बस्दा इच्छित मनोकामना पूरा हुने विश्वास गरिन्छ।

हरितालिका तीज महिलाहरूको आत्मशुद्धि, समर्पण, र पारिवारिक कल्याणको प्रतीक मानिन्छ। खासगरी विवाहित महिलाहरूले पतिको दीर्घायु र अविवाहित युवतीहरूले राम्रा जीवनसाथीको कामना गर्दै यो व्रत बस्ने गर्छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय