Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

७८ लाख घुस डिलको अडियो : पूर्वमन्त्री गुप्ताको स्वर प्रमाणित, भूमिमन्त्री अधिकारीसमेत घेरिँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० भदौ । ७८ लाख रुपैयाँ घुस ‘डिल’को चर्चित अडियोमा संलग्नता पुष्टि भएपछि निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने तयारी गरेको छ।

आयोगले अडियोको भ्वाइस टेस्ट (स्वर परीक्षण) गराउँदा त्यो गुप्ताकै भएको प्रमाणित भएको स्रोतले जनाएको छ। अडियो बाहिरिएलगत्तै उनले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

अडियोमा उठेका आरोपहरू गुप्ताले कास्कीको भूमि आयोग अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत प्रमुख सरुवाका लागि ५३ लाखसहित ७८ लाखको डिल भएको बताएका छन्। अडियोमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि पैसा खाएर पनि काम नगरेको गुनासो गुप्ताले गरेको भेटिन्छ।

बिचौलिया सुजन लामाले अधिकारीका छोरा र तत्कालीन भूमि व्यवस्थासचिव अर्जुन पोखरेललाई समेत संलग्न भएको दाबी गरेका छन्। अख्तियारको अनुसन्धान अख्तियारले उजुरी दर्ता भएसँगै अनुसन्धान अधिकृत तोकेर छानबिन सुरु गरिसकेको छ।

गुप्ताको स्वर परीक्षण रिपोर्टले आरोपलाई पुष्टि गरेपछि अब विस्तृत अनुसन्धान अघि बढाइने भएको छ। कास्की मालपोत कार्यालयलाई पत्र काटेर पोखराको लिचिघारी जग्गासम्बन्धी सम्पूर्ण कागजात मागिएको छ।

भूमिमन्त्री अधिकारीमाथि पनि प्रश्न यो प्रकरणको केन्द्रमा वर्तमान भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसमेत तानिएका छन्। उनीमाथि प्रत्यक्ष प्रमाण नभेटिए पनि अडियो र बिचौलिया लामाको बयानकै आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो।

यसैबीच, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत यस प्रकरणमा छानबिनको दायरामा परेकी छन्।

गुप्तामाथि मुद्दा दायर गर्ने तयारीसँगै, अब बलराम अधिकारी र अन्य संलग्न पात्रमाथि अख्तियारको अनुसन्धान कुन दिशातर्फ जाने भन्ने चासो बढेको छ।

ताजा समाचार

थप समाचार