Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

बीरगन्जमा हैजा फैलिँदै, महानगरले डीप बोरिङ पाइप हटाउने अभियान सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० भदाै  । बीरगन्जमा हैजाको संक्रमण फैलिन थालेपछि बीरगन्ज महानगरपालिकाले संक्रमण नियन्त्रणमा प्रभावकारीता ल्याउन नालाभित्र गाडिएका डीप बोरिङका पाइपहरु निकाल्ने अभियान सुरु गरेको छ।

महानगरका अनुसार, पानीजन्य रोगको स्रोतको पहिचान र नियन्त्रणका लागि यो कार्य अत्यावश्यक भएको बताइएको छ। महानगरले नालाभित्र जथाभावी राखिएका पाइपहरुले ढल र खानेपानीबीच मिसावट गराउने सम्भावना उच्च देखिएकाले त्यसको व्यवस्थापन गर्न थालिएको हो। बीरगन्जमा गत शुक्रबारदेखि हैजाको पहिलो केस वडा नम्बर १२ मा देखिएको थियो। त्यसपछि संक्रमण क्रमशः वडा नम्बर ११, १३, ३, १० र १६ मा पनि फैलिएको पुष्टि भएको छ।

नारायणी अस्पतालका सूचना अधिकारी डा। उदयनारायण सिंहका अनुसार, संक्रमितमध्ये अधिकांशले नेपाल खानेपानी संस्थानले आपूर्ति गर्ने धाराको पानी सेवन गरेको पाइएको छ। प्रारम्भिक अनुसन्धानमा केही स्थानमा खानेपानीको पाइप फुटेर ढल मिसिएको आशंका गरिएको छ, जसका कारण हैजाको संक्रमण फैलिएको हुन सक्ने देखिएको छ।

संक्रमण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाले स्वास्थ्य सचेतना कार्यक्रमसँगै नाला सफाइ, पाइप व्यवस्थापन, र दूषित संरचनाको पहिचान गर्दै हटाउने काम थालेको छ। महानगरले सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै संक्रमित क्षेत्रका नाला, खानेपानी पाइप र अन्य सार्वजनिक संरचनाको निरीक्षण तथा मर्मत कार्य तीव्र बनाएको जनाएको छ।

महानगरले नागरिकहरुलाई उमालेर मात्र पानी पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, र कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ। हैजा नियन्त्रणको अभियानलाई थप प्रभावकारी बनाउन खानेपानी संस्थान, स्वास्थ्य कार्यालय, र जिल्ला प्रशासन कार्यालयसँग सहकार्य भइरहेको महानगरले जनाएको छ।

ताजा समाचार

थप समाचार