Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

उखु किसान सडकमा आउनु सरकारको असफलता हो : डा. शेखर कोइराला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१० भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानहरूले भोगिरहेको समस्यालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। उखुको बोटसहित किसानहरू सडकमा उत्रिनुलाई ‘अत्यन्त दुःखद’ भन्दै उनीहरूको माग तत्काल पूरा गर्न कोइरालाले सरकारलाई आग्रह गरेका हुन्।

सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मार्फत डा. कोइरालाले भनेका छन्, ‘उखुको बोट सहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौँ।’

उनले कृषिलाई प्राथमिकतामा राखेको कुरा सरकारले केवल किताब र भाषणमा मात्र सीमित राखेको आरोप लगाएका छन्। ‘खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ? कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ र ?’ उनले प्रश्न गरेका छन्।

डा. कोइरालाले किसानले भोगिरहेका यी समस्याहरूलाई सरकारको असफलताको रूपमा व्याख्या गर्दै कृषि क्षेत्रको वास्तविक अवस्था र सरकारको नीतिको बीचमा ठूलो खाडल रहेको औंल्याएका छन्। यसले किसानको जीवन कष्टकर बनाउनुका साथै देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ।

ताजा समाचार

थप समाचार