Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

रंजीत यादवको राजिनामा स्वीकृत नगर्दा क्याम्पसमा समस्या

spot_img

काठमाडौं,१० भदौ । विगत ४५ दिनदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस प्रमुख रंजीत यादवले क्याम्पस प्रमुखको पदबाट राजिनामा दिएपछि क्याम्पसमा व्यापक अन्यौल सिर्जना भएको छ।

यस अन्यौलले क्याम्पसको दैनिक प्रशासनिक कामहरूमा गम्भीर असर पारेको छ। यस कारण विभिन्न विद्यार्थी संघ/संगठन, स्ववियु, त्रि.वि. कर्मचारी संघ, त्रि.वि. प्राध्यापक संघ तथा अभिभावकहरूले तालाबन्दी र विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि प्रकट गरिसकेका छन्। हाल क्याम्पसमा नामांकन, परीक्षा फाराम र परीक्षा समयतालिका लगायतका कार्यमा अवरोध उत्पन्न भएको छ, जसले अभिभावक र विद्यार्थीलाई शैक्षिक भविष्यप्रति चिन्तित बनाएको छ।

सम्पूर्ण दोष राजिनामा दिएकै क्याम्पस प्रमुख र हालसम्म राजिनामा स्वीकृत नगरेका त्रि.वि. पदाधिकारीहरूमा रहेको ठहर गरिएको छ। यसै कारण, क्याम्पस प्रमुखको अविलम्ब राजिनामा स्वीकृत गरी नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विभिन्न संघ संस्थाले अनुरोध गरिसकेको छ। तर, अहिलेसम्म अटेर हुँदा क्याम्पसको वातावरण अझै असहज बनेको छ।

यस परिस्थिति समाधानका लागि नेपाल सरकारका प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिसँग सम्पर्क गरी प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय