spot_img

त्रिशूली नदीमा पौडी पौडी खेल्ने क्रम एक बेपत्ता

spot_img
spot_img

काठमाडाैं,१० भदाै ।  देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा सोमबार साँझ पौडी खेल्ने क्रममा दुई किशोरमध्येको एक बेपत्ता भएका छन् भने अर्का एकजना सकुशल उद्धार भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन्। उनीसँगै पौडी खेलिरहेका भरतपुर–१५ फूलबारीका १३ वर्षीय कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले तत्काल उद्धार गरेका थिए।

प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र सशस्त्र प्रहरी बल गण नं. १७ आँपटारी चितवनबाट गोताखोर टोली परिचालन गरिएको छ। तर लामिछाने अझै फेला नपरेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय