spot_img

उखु किसान आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईको समर्थन

spot_img
spot_img

काठमाडौँ,१० भदौ । आन्दोलनरत उखु किसानहरूको मागलाई पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले समर्थन गरेका छन्।

मंगलबार राजधानीको माइतीघर मण्डलामा पुगेर भट्टराईले किसानहरूको आन्दोलनलाई समर्थन जनाउँदै सरकारले गरेको अनुदान कटौतीको निर्णयको तीव्र आलोचना गरे।

“लामो संघर्षपछि किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने सहमति भएको थियो। तर अहिले सरकारले त्यो घटाएर ३५ रुपैयाँ पुर्‍याएको छ, त्यो पनि समयमा नदिने भनिएको छ। यस्तो एकलौटी निर्णय किसानमाथिको ठगी र अन्याय हो,” भट्टराईले भने।

उनीका अनुसार, किसानहरूलाई राहत र उचित मूल्य दिनुको साटो सरकारले उल्टै दमन र उदासीनता देखाएको छ, जुन अस्वीकार्य छ।

मधेश प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न र आर्थिक वर्ष २०८१/८२ को बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलन जारी राखेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय