Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
14.5 C
Birgunj
spot_img

उखु किसानको धर्नामा माधव नेपाल, बाबुराम भट्टराईदेखि नारायणकाजी श्रेष्ठसम्मको ऐक्यबद्धता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० भदाैं –  पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानसँगै धर्नामा बसेका छन् ।

उखु किसानहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउन उनी मंगलबार माइतीघर पुगेका हुन् । यसअघि आजै पूर्वप्रधानमन्त्री एवं समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि किसानको आन्दोलनलाई समर्थन गरेका थिए ।

सरकारले तोकेको अनुदान रकम नपाएको भन्दै किसानहरूले आइतबारदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।

बजेट अभाव देखाउँदै सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानलाई घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका हुन् ।

सोमबार किसानहरूले उखु बोकेरै प्रदर्शनमा सहभागी भएर आफ्नो विरोध जनाएका थिए । उनीहरूले अनुदान घटाउने निर्णय खारेज गर्न माग गरेका छन् ।

उखु उत्पादक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलन काठमाडौं केन्द्रित भए पनि सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू समेत सहभागी भएका छन् ।

किसानहरूको माग अनुसार सरकारले पुरानै व्यवस्था अनुसार प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

ताजा समाचार

थप समाचार