spot_img

बीरगन्जका सम्पूर्ण विद्यालय थप तीन दिनका लागि बन्द

spot_img
spot_img

बीरगन्ज,१० भदौ । हैजाको संक्रमण बढ्दै गएको अवस्था मध्यनजर गर्दै बीरगन्ज महानगरपालिकाले भदौ ११ देखि १३ गतेसम्म सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

नगर प्रमुखस्तरीय बैठकको निर्णयअनुसार चालिएको यस कदमले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा प्राथमिकतामा राखेको देखिन्छ।

बीरगन्ज महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ कि विद्यालय बन्दको अवधिमा शिक्षक तथा कर्मचारीहरू अनिवार्य रूपमा परिचालन गरिनेछन्। उनीहरूले आफ्नो सेवा क्षेत्रभित्र हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। आवश्यक पोष्टर, पम्प्लेट र अन्य सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाबाट उपलब्ध गराइनेछ।

स्थानीय सरकारको सक्रियतामा यसअघि पनि क्षेत्रभर हैजाको संक्रमण फैलिएको रिपोर्ट प्राप्त भएको थियो। विद्यालय बन्द गर्ने निर्णयले संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय