Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

एकै महिनामा १ अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

झापा,११ भदाै । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टा भन्सारमार्फत १ अर्ब ५० करोड १३ लाख रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यस वर्ष आयात ३.६० प्रतिशतले वृद्धि भएको छ। आयातमा सामान्य वृद्धि भएसँगै राजस्व पनि ११.८० प्रतिशतले बढ्दै ७४ करोड ८३ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

उक्त अवधिमा ८ हजार ९०४ किलोलिटर पेट्रोल आयात भई करिब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, ४ हजार ६७६ किलोलिटर डिजेल ४४ करोड ११ लाख रुपैयाँ, १ हजार ९३३ मेट्रिक टन एलपी ग्यास २० करोड रुपैयाँ, ७९२ किलोलिटर एटीएफ ७ करोड रुपैयाँ, र १२८ किलोलिटर मट्टितेल १ करोड १३ लाख रुपैयाँ बराबर आयात गरिएको कार्यालयले जनाएको छ।

ताजा समाचार

थप समाचार