spot_img

बीरगन्जमा हैजा नियन्त्रणका लागि खानेपानी शुद्धीकरण अभियान तीव्र

spot_img
spot_img

बीरगन्ज,११ भदौ । हाल बीरगन्जमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई मध्यनजर गर्दै बीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।

महानगरका अनुसार शहरका विभिन्न ट्यांकी र ट्यांकरमार्फत वितरण गरिने पानीमा अनिवार्य रूपमा क्लोरिन घोल र ब्लिचिङ पाउडर प्रयोग गरेर शुद्धीकरण गरिन्छ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरका अनुसार दूषित पानी नै हैजा, टाइफाइड र अन्य पाचनसम्बन्धी रोग फैलनुको मुख्य कारण भएकाले शुद्धीकरणलाई कडाइका साथ लागू गरिएको हो।  “हामी ट्यांकरमै क्लोरिन मिसाउँछौं र ट्यांकीमा पनि ब्लिचिङ पाउडर हालिन्छ। शुद्धीकरण नगरी कुनै पनि स्थानमा पानी पठाइँदैन,” उनले बताए।

ब्लिचिङ पाउडरले पानीमा क्लोरिन मुक्त गराएर जीवाणुहरू नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा पिउन सकिने महानगरले जनाएको छ।

महानगर प्रमुख राजेशमान सिंहले खानेपानी शुद्धीकरण रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै, नागरिकलाई घरमै पानी उमालेर मात्र पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे। “सामुदायिक स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो। महानगरले पानी शुद्धीकरणका सबै प्रक्रिया अवलम्बन गरिरहेको छ, तर नागरिक स्वयं पनि सचेत हुनुपर्छ,” उनले भने।

महानगरले प्रत्येक घरधुरीमा सुरक्षित र स्वास्थ्यकर पानी उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय