कलैया उपमहानगरपालिकाले ७ जना प्रधानाध्यापक र ७ जना शिक्षक गरी १४ जनाको सरुवा गरेको छ।
उपमहानगरपालिकाले दिएको जानकारीअनुसार शिक्षा समितिको निर्णयपछि सरुवा प्रक्रिया कार्यान्वयनमा आएको हो ।
निर्णयअनुसार श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र गिरीलाई श्री पन्ना देवीमा सरुवा गरिएको छ।
त्यस्तै, श्री ३ चन्द्र माध्यमिक विद्यालयको जिम्मेवारी हाल श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ब्रहम्पुरीमा प्रधानाध्यापक रहेका रमेश कुशवाहाले पाउने भएका छन्।
महावीर माध्यमिक विद्यालय ब्रहम्पुरीमा मटिअर्वाबाट सरुवा भई आएका दिपेन्द्र यादवलाई प्रधानाध्यापकको जिम्मा दिइएको छ।
यसैगरी, पन्नादेवी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतिलाल यादवलाई मोतिसरमा सरुवा गरिएको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ।



