spot_img

भूमि विधेयकको विरोधमा जसपा नेपालको देशव्यापी आन्दोलन सुरु

spot_img
spot_img

बीरगन्ज,११ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी विधेयकको विरोधमा देशव्यापी आन्दोलन सुरु गरेको छ। अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको पार्टीले पार्टी केन्द्रको निर्देशनअनुसार देशभर विरोध प्रदर्शन गर्दै आएको छ।

आज काठमाडौंमा जसपा नेपालको नेवाः राष्ट्रिय समितिले प्रदर्शन गर्दै विधेयकलाई खारेज गर्न माग गर्‍यो। पार्टीको आरोप छ, “यो विधेयक जनताको हितमा नभई भू–माफिया र जग्गा दलालहरूको स्वार्थ पूर्ति गर्ने खालको छ।”

पार्टीले सुरुदेखिनै यस विधेयकको आलोचना गर्दै आएको छ, कारण यसले वन विनाश बढाउने र तराई–मधेश क्षेत्रमा मरुभूमिकरणको खतरा निम्त्याउने चेतावनी दिँदै आएको छ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक पारित भइसकेपछि जसपाले आन्दोलनलाई थप तीव्र बनाउने घोषणा गरेको हो। पार्टीले ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ भन्ने नारासहित भदौ १५ गतेसम्म विरोध प्रदर्शन जारी राख्ने जनाएको छ।

जसपाका अनुसार यो अभियानको मुख्य उद्देश्य वन अतिक्रमण रोक्नु, जैविक विविधता र वातावरणको संरक्षण गर्नु र जल, जंगल तथा भूमिको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय