काठमाडौं,११ भदौ । चितवनको भरतपुर महानगरपालिका–१० निवासी १६ वर्षीया रिना थापा र उनकी १३ वर्षीया बहिनी रोशनी विक बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार, दिदीबहिनीहरू मंगलबार बिहान सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका स्थित आफ्नै घर जाने भनेर घरबाट निस्किएका थिए। त्यसपछि उनीहरूको परिवारसँग कुनै सम्पर्क नभएको परिवारले जनाएको छ।
परिवारको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूको अन्तिम लोकेसन काठमाडौं देखिएको भन्दै, प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गर्दै खोजी कार्य तीव्र बनाएको छ।
पारिवारिक आग्रह अनुसार, यदि कसैले उनीहरूलाई कतै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा परिवारको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।



