spot_img

मधेस प्रदेशका वनमन्त्री यादवद्वारा सिरहाका सामुदायिक वनको अनुगमन

spot_img
spot_img

जनकपुर,११ भदौ । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जय यादवले सिरहास्थित विभिन्न सामुदायिक वनहरूको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री यादवले आर्थिक वर्ष २०८१/८२ मा डिभिजन वन कार्यालयले गरेको वृक्षरोपणको स्थिति निरीक्षण गर्नुभएको हो।

अनुगमनको क्रममा केही सामुदायिक वन क्षेत्रहरू अझै अतिक्रमणमा रहेको पाइएको छ। यसप्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले अतिक्रमित जमिनमा समेत वृक्षरोपण गर्न र वन संरक्षणमा कडाइ गर्न सम्बन्धित वन कार्यालयलाई निर्देशन दिनुभयो।

मन्त्री यादवले भन्नुभयो, “वनको संरक्षणमा सम्झौता गर्न सकिँदैन। अतिक्रमित क्षेत्रहरूमा पनि वृक्षरोपण आवश्यक छ ताकि ती जमिन पुनः हरियाली बनून्। सामुदायिक सहभागितामा आधारित दिगो वन व्यवस्थापन हाम्रो लक्ष्य हो।”

उहाँले निरीक्षण गर्नुभएको वनहरूमा नन्दबाबा सामुदायिक वन (कर्जन्हा–१), घुर्मिकिनार सामुदायिक वन (गोलबजार–१०), चुरे चौफाल सामुदायिक वन लगायत रहेका छन्।

मन्त्री यादवले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अपरिहार्य भएको र प्रदेश सरकार जनताको सहभागितामा वातावरण संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो।

अनुगमनमा डिभिजन वन कार्यालय सिराहा, लहान र अन्य सबडिभिजन वन कार्यालयका कर्मचारीहरू पनि सहभागी थिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय