काठमाडौं,११ भदौ । हुम्लाको सदरमुकाम सिमकोटमा ब्रेक फेल भएर अनियन्त्रित भएको जिप घरभित्र पसेको घटना बुधबार दिउँसो भएको छ।
प्रहरीका अनुसार लु प्र–०१–००१ ज ०२८२ नम्बरको जिप सिमकोट गाउँपालिका–५ का पदम रावतको घरमा पसेको हो। दुर्घटनामा जिपका चालक तीलक ऐडी सामान्य घाइते भएका छन्। उनको आँखा र ओठमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक जंगबहादुर सिंहका अनुसार जिप सिमकोटबाट तल्लो गाउँतर्फ जाँदै गर्दा ब्रेक फेल भएर घरभित्र पसेको हो। जिपले घरको माथिल्लो तलामा रहेको एक कोठा पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
घटना हुँदा गाडीमा केवल चालक मात्र रहेका थिए, र थप जनधनको क्षति हुनबाट भागेको प्रहरीले जनाएको छ।





