कलैया,११ भदौ । बाराको कलैयामा एक जनामा हैजा संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालका प्रमुख डा. अजय कुमार गुप्ताका अनुसार, झाडापखालाका कारण उपचारका लागि अस्पताल आएका कलैया–१८ पतौराका एक पुरुषमा हैजा पाइएको हो।
यसैबीच, बीरगन्ज महानगरमा गत शुक्रबारदेखि हैजा संक्रमण फैलिएको छ। महानगरमा हालसम्म संक्रमितको संख्या ११५ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ। त्यस्तै, बुधबार बिहानसम्म झाडापखाला र हैजाका २ सय २७ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्यकर्मीहरूले सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र हात धुने अभ्यासमा ध्यान दिन स्थानीय बासिन्दालाई सचेत गराइरहेका छन्।




