Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

ओलीको अत्याचारले सीमा नाघ्यो : माधव नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया,११ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वशैलीमाथि कडा प्रहार गरेका छन्।

बाराको कलैयामा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले भने, “ओलीको अत्याचारले सीमा नाघिसकेको छ, र यसको सबैभन्दा ठूलो भुक्तभोगी हामी स्वयं भएका छौं।”

रौतहटमा हुने जिल्ला–स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन काठमाडौँबाट गौर जाने क्रममा बारा पार्टी कार्यालयमा छोटो सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था अस्थिर रहेको उल्लेख गरे। नेपालले भने, “राष्ट्रिय राजनीतिमा कहिले के हुन्छ भन्न सकिँदैन, ओलीको नेतृत्वमा रहेको सरकार जुनसुकै बेला ढल्न सक्छ।”

अध्यक्ष नेपालले ओलीलाई जनवादी केन्द्रीयता र बहुमतको निर्णयको बेवास्ता गर्ने तथा पार्टीको कमिटी प्रणालीलाई कमजोर बनाउने व्यक्ति भएको आरोप लगाए। उनले ओलीको कार्यशैलीलाई “हुकुमी” र “एकाधिकारवादी” भन्दै त्यसै कारण पार्टी विभाजन अपरिहार्य भएको स्पष्ट पारे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवादको प्रसंग जोड्दै उनले भने, “ओलीले सुरुमा उनलाई ‘आउनुस्’ भन्दै बोलाए, तर प्रतिस्पर्धी बन्ने सम्भावना देखेपछि सदस्यता खारेज गरेर अपमानित गरे।”

नेपालले आफ्नो पार्टीले संविधानको रक्षा गरेको दाबी गर्दै, नेता तथा कार्यकर्तालाई आगामी अधिवेशनको तयारीमा पूर्ण रूपमा लाग्न निर्देशन दिए। उनले एमालेसँग सम्बन्ध विच्छेदलाई सही निर्णय ठहर गर्दै भने, “ओलीको बोलीमा भर छैन, त्यसैले हामीले अलग बाटो रोज्यौं।”

कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको समेत उपस्थिति थियो, जहाँ आन्तरिक संगठनात्मक तयारीबारे छलफल भएको थियो।

ताजा समाचार

थप समाचार