spot_img

नेकपा (एकीकृत समाजवादी) पर्सा–२ मा संगठन पुनर्गठन गर्ने निर्णय

spot_img
spot_img

बीरगन्ज,११ भदौ। नेकपा (एकीकृत समाजवादी) पर्सा क्षेत्र नं. २ को क्षेत्रीय बैठक सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिका–१७ स्थित पार्टी कार्यालयमा बसेको बैठकले संगठन सुदृढीकरणका लागि वडा र पालिका कमिटी पुनर्गठन गर्ने निर्णय गरेको छ।

क्षेत्र भित्रका वर्तमान तथा पूर्व जिल्ला कमिटी सदस्यहरूको सहभागिता रहेको बैठकले वडा र पालिका तहमा नयाँ कमिटी गठन तथा पुराना कमिटीहरू पुनर्गठन गर्दै जाने रणनीति तय गरेको छ। बैठकका विषयमा जानकारी दिँदै पार्टी सचिव गंगा बहादुर खड्काले संगठन विस्तार र स्थानीय तहमा नेतृत्व सशक्त बनाउने योजनासमेत तय गरिएको बताए।

बैठकमा पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य नागेन्द्र चौधरी प्रमुख अतिथि रहेका थिए भने मधेस प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य रामचन्द्र साह, जिल्ला अध्यक्ष बाल गोपाल थापा, उपाध्यक्ष विक्रम चौरसिया, सचिव गंगा बहादुर खड्का, सहसचिव टेक नारायण महतो, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान लगायतको उपस्थिति थियो।

बैठकको व्यवस्थापन सचिवालय सदस्य रमेश चौधरीले गरेका थिए। पार्टीले आगामी दिनमा संगठन सशक्त बनाउँदै स्थानीय तहमा प्रभावकारी भूमिका खेल्ने गरी तयारी अगाडि बढाउने बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय