Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

डडेल्धुरा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ भदौ । बिहीबार बिहान डडेल्धुरामा भएको एक दुःखद घटनामा चार जनाको ज्यान गएको छ ।

नवदुर्गा गाउँपालिका–५ चौडमा भएको जिप दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार, उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप करिब पाँच सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

मृतकको पहिचान भएको छ। उनीहरू नवदुर्गा–५ कै बासिन्दाहरू १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद रहेका छन् । गम्भीर घाइते सुशिला विक र चालक रामबहादुर साउदलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

ताजा समाचार

थप समाचार