spot_img

निजी क्षेत्रका विद्यालय सञ्चालकहरुको एक स्वरः ‘पूर्ण छात्रवृत्ति दिन सकिँदैन’

spot_img
spot_img

काठमाडौं,१२ भदाै । निजी क्षेत्रका विद्यालय सञ्चालक संघ–संस्थाहरुले विद्यालय शिक्षा विधेयक, २०८० मा प्रस्ताव गरिएको प्रावधान कार्यान्वयन गर्न नसकिने बताएका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विद्यालय सञ्चालकहरुले १५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउनुपर्ने व्यवस्था कार्यान्वयन असम्भव भएको तर्क गरेका हुन्।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले राज्यले ठूलो बजेट खर्च गरेर पनि सरकारी विद्यालयमा खाजा खुवाउन नसकेको अवस्थामा निजी विद्यालयलाई पुस्तक, स्टेशनरी, पोशाक, यातायात लगायत सबै सुविधा सहितको छात्रवृत्ति दिनुपर्ने माग अव्यावहारिक रहेको बताए। उहाँले कम्पनी मातहत दर्ता भएका संस्थालाई गैरनाफामूलक बनाउन खोज्नु निजी विद्यालयलाई अस्तव्यस्त पार्ने प्रयास भएको आरोप लगाए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले लगानी बढाउनेभन्दा घटाउने नीतिहरु ल्याउने गरेको भन्दै आलोचना गरे। उनले सरकारी विद्यालय सुधार भएमा निजी विद्यालय आफैं बन्द हुने दाबी गर्दै विधेयक पुनः संशोधन गर्न माग गरे।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सरोकारवालाहरुसँग परामर्श नगरी विधेयक ल्याएको भन्दै आपत्ति जनाए। उनले ५४ वर्षपछि बन्न लागेको शिक्षा विधेयकलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्नेमा राज्यले गम्भीरता नदेखाएको आरोप लगाए।

प्याब्सनका वरिष्ठ उपाध्यक्ष टिकाराम पुरीले सरकारले नै निःशुल्क शिक्षा दिन नसक्ने अवस्थामा निजी विद्यालयलाई त्यस्तो दायित्व थोपर्न नमिल्ने बताए। अपेनका अध्यक्ष बद्री दाहालले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

हिसान कार्यबाहक अध्यक्ष युवराज शर्माले विधेयकप्रति सरोकारवाला कसैलाई पनि सन्तुष्टि नभएको बताए भने प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रका माग सम्बोधन नभएसम्म संघर्ष गर्नुपर्नेमा जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय