spot_img

पर्सा सोलकपुरमा चार थान काठ बरामद

spot_img
spot_img

पर्सागढी,१२ भदौ । चाडपर्व नजिकिँदै गर्दा काठ तस्करी बढ्दै गएको पाइएको छ। यसैबीच, पर्सा सोलकपुरबाट सालको चार थान गोलिया र चार थान साइकल बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल बेस क्याम्प सोलकपुर बेलवाबाट खटिएको टोलीले नायब निरीक्षक लोकबहादुर कार्कीको नेतृत्वमा गस्ती गर्ने क्रममा तस्करीको तयारी अवस्थामा रहेको काठ फेला पारेको हो। बरामद सामग्रीमा ३५ क्युफिट काठ रहेको र यसको अनुमानित मूल्य १ लाख रुपैयाँ बराबर रहेको सबडिभिजन वन कार्यालय सवैयाका रेन्जर भूपाल रोकायाले जानकारी दिए।

साइकलमा लोड गरिएको अवस्थामा भेटिएको काठ नियन्त्रणमा लिन सबडिभिजन वन कार्यालय, मिलनचोक प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय गरिएको थियो। बरामद सामग्री हाल सोही वन कार्यालयमा सुरक्षित राखिएको छ।

स्थानीयवासीका अनुसार, बिन्दबास्नी कोइलाबार साझेदारी वन क्षेत्र र सवैया साझेदारी वन क्षेत्रबाट रातारात साइकलमार्फत काठ तस्करी हुने क्रम बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले गस्ती कडा पारेको र वन क्षेत्रमा निगरानी बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय