काठमाडौं,१३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेका अनुसार, आगामी चीन भ्रमणको तयारी र उद्देश्यबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद्मा बोल्ने कार्यक्रम रहेको छ।
ओली शनिबार बिहान चीन प्रस्थान गर्दैछन्। भ्रमणको क्रममा उनले लिपुलेक विवाद लगायतका महत्वपूर्ण विषयमा चीनका राष्ट्रपति सी जिनपिङसँग र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रष्ट र खुला वार्ता गर्ने प्रतिबद्धता सार्वजनिक गरिसकेका छन्।
स्रोतका अनुसार, प्रधानमन्त्रीले यस भ्रमणलाई नेपालका हित र सार्वभौमसत्ताको पक्षमा महत्वपूर्ण अवसरको रूपमा उपयोग गर्ने तयारी गरेका छन्।




