Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

पूर्व प्रदेश प्रमुख अहिराजलाई थुनामा पठाउने उच्च अदालतको आदेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ भदौ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णयलाई उच्च अदालत पाटनले समेत सदर गरेको छ।

मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले जिल्ला अदालतको आदेशलाई यथावत् राख्दै अहिराजलाई कारागारमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

अहिराजलाई गत ४ साउनमा पक्राउ गरिएको थियो। ९ दिनको प्रहरी अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले १४ साउनमा काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता गरेको थियो। त्यसपछि अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्ने आदेश जारी गरेको हो।

उनीमाथि ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा एक युवतीमाथि बलात्कार गरेको आरोप लागेको छ। अहिराजले भने आरोप अस्वीकार गर्दै उल्टै जाहेरी दिने युवतीविरुद्ध पनि मुद्दा दायर गरेका छन्।

अहिराज, जो मधेश प्रदेशको पहिलो प्रदेश प्रमुख समेत भएका थिए, हाल कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

ताजा समाचार

थप समाचार