spot_img

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई युवक पक्राउ

spot_img
spot_img

सर्लाही,१३ भदौ । सर्लाही प्रहरीले हातहतियारसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोलका १८ वर्षीय श्याम महरा रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा भारतको सोनवर्षाबाट बिआर ०६ डिएम ९५२३ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका किशनलाई सदरमुकाम मलंगवाबाट नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हतियार श्यामलाई राख्न दिएको स्वीकार गरेका थिए।

यसपछि प्रहरीले श्यामलाई उनको घरबाट पक्राउ गरी सोधपुछ गर्दा उनले हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको किनारमा लुकाएर राखेको बताएका थिए। प्रहरी टोलीले सो स्थानबाट कटुवा पेस्तोल एक थान बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद थप गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय