काठमाडौँ,१३ भदौ । स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,०६०० मा निर्धारण गरिएको छ, जुन बिहीबारको मूल्यभन्दा रु १,२०० ले बढी हो।
यससँगै चाँदीको मूल्य पनि रु ५ ले बढेर तोलाको रु २,३६० मा पुगेको छ। बिहीबार मात्र सुनको मूल्य रु १,९९,४०० मा कारोबार भइरहेको थियो भने चाँदी रु २,३५५ मा क्रय–विक्रय गरिएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। हाल प्रतिऔँस सुन ३,४०८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।



