spot_img

‘बोल्ड भगवती’: एकैदिन २१९ कर्मचारी सरुवा, १० सहसचिव पद रिक्त

spot_img
spot_img

काठमाडौँ, १३ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको पहलमा बिहीबार स्थानीय तहका २१९ कर्मचारीको सरुवा गरिएको छ। उपसचिव १२२ र शाखा अधिकृत ९७ जना सरुवा भई देशभरका नगरपालिका र गाउँपालिकामा खटिएका छन्।

मन्त्रालयका अधिकारीका अनुसार, यी सरुवामध्ये १०५ वटा नगरपालिकामा उपसचिव र ८६ वटा गाउँपालिकामा शाखा अधिकृतलाई खटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको अवस्था हटाइएको छ। अब उपसचिव र शाखा अधिकृतका दरबन्दी भए पनि निमित्त पद राखिने छैन।

यसैबीच, ६ वटा महानगरपालिकामध्ये ५ वटामा मात्र सहसचिव कार्यरत छन् भने ११ उपमहानगरपालिकामध्ये २ वटामा मात्र सहसचिव कार्यरत छन्। बाँकी ९ उपमहानगरपालिका र १ महानगरमा सहसचिव पद अझै रिक्त रहेको छ।

मन्त्री न्यौपानेले आफ्नो कार्यकालमा स्थानीय तहमा देखिएको निमित्त अभ्यासको अन्त्य गर्दै बलियो प्रशासनिक संरचना कायम गर्न यो ठूलो कदम चालेको विश्लेषकहरूले बताउँछन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय