काठमाडाैं, १३ भदौ । नेपाल संघीय समाजवादी पार्टीले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै सरकारले किसानका माग तत्काल सम्बोधन गर्नुपर्ने कडा चेतावनी दिएको छ।
पार्टीका केन्द्रीय उपमहासचिव जनक कार्कीको नेतृत्वमा आएको टोलीले माइतीघर मण्डलामा जारी किसानको धर्ना कार्यक्रममा सहभागी भई ऐक्यबद्धता जनाएको हो। कार्यक्रममा उपमहासचिव कार्कीले भने, “उखु किसानहरू यो देशका मेरुदण्ड हुन्, उनीहरूको रगत–पसिनाको मोल राज्यले बेवास्ता गर्न सक्दैन।”
केन्द्रीय सचिव दिनेश पाख्रिनले किसानलाई बेवास्ता गर्नु राष्ट्रघात भएको बताए भने बागमती प्रदेश इन्चार्ज चन्द्र तामाङले माग पूरा नभए आन्दोलन थप चर्किने चेतावनी दिए। केन्द्रीय सदस्य राजेन्द्र रामले किसानको न्याय बिना समृद्ध नेपालको परिकल्पना सम्भव नभएको बताए।
पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल किसानका माग पूरा गर्न आग्रह गरेको छ।



